तहल्का नेपाल, जेठ ३१ – जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की विरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिए । नेपालको संघीय संसद सचिवालयको रेकर्डअनुसार संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस व्यक्तिविरुद्ध बहालवाला जिल्ला न्यायाधीशले नै उजुरी दिएको यो पहिलो घटना हो ।
न्यायाधिश भट्टराईले कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने सबै उजुरीकर्ताहरुले सामूहिक रुपमै प्रश्न गर्न पाउनुपर्छ, कार्कीलाई प्रधानन्यायाधीश बनाउनै हुन्न भनी माग राख्ने समूहको समेत नेतृत्वदायि भुमिका निर्वाह गरेका छन् ।
यी माग पूरा नभएपछि डा. भट्टराई नेतृत्वको समूह संसदीय सुनुवाइ समिति नै अवैध रहेको तर्क गर्दै व्यवस्थित ढंगले सडकमा आवाज उठाउने निर्णयमा पुगेको छ ।
सुनुवाइ समितिले नमानेपछि छलफल गर्न उजुरीकर्ताहरुको तर्फबाट टोली नेता छानिए उनै बहालवाला न्यायाधीश भट्टराई, वरिष्ठ अधिवक्ता ध्रुबलाल श्रेष्ठ र अधिवक्ता अमृत खरेल ।