तहल्का नेपाल, जेठ ३१ – न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली शरणार्थी प्रकरणको मुद्दामा यो समाचार तयार गर्दा सम्म बहस जारी रहेको छ । बुधबार खाँणको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो लगायतका कानुन ब्यबसायीले बहस गरेका हुन् ।
उनीहरुले खाँणमाथि लगाएको आरोप पुष्टिहुन नसक्ने दावी गर्दै अभियोगको औचित्यमाथि नै प्रश्न उठाएका छन् । अनुमानको भरमा कसैलाई जेल पठाउन नहुने भन्दै नेपाल बार एशोसियशनका अध्यक्ष तथा बरिष्ठ अधिबक्ता गोपाल कृष्ण घिमिरे राजनितिक पुर्वाग्रहका आधारमा मुद्दा चलाएको आशय ब्यक्त गरे ।
उनले भने ‘मलाई बार अध्यक्ष भएको मान्छे मुद्दा लड्न आयो भनेका छन्’, घिमिरेले भने, ‘मेरो पक्षको राजनीतिक चरित्रहत्या भएको छ । प्रधानमन्त्री हुने सम्भावना भएको मान्छेको चरित्रहत्या भयो । यसको क्षतिपूर्ति कसरी हुन्छ ? उनि नेपाली काँग्रेस निकट कानुन व्यबशायि मानिन्छन् ।