नेपाल ज्योति, फागुन ८ – ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको बकिङघम राजदरवारले जनाएको छ।
दरवारले महारानीलाई सामान्य चिसो लागेजस्तो लक्षणू देखिएको जनाएको छ। तर उनले धेरै परिश्रम नपर्ने जिम्मेवारीहरू पालना गर्न आगामी साता पनि जारी राख्ने जनाइएको छ।
उनी निरन्तर स्वास्थ्य निगरानीमा रहनेछिन् र आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्नेछिन्, दरवारले वक्तव्यमा भनेको छ।
गत साता सङ्क्रमण पुष्टि भएका उनका जेठा छोरा प्रिन्स अफ वेल्ससँग उनको भेट भएको थियो।