काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भत्काइ छाड्ने बताएका छन् । उनले चुनावमा जानैपर्ने परिस्थिति लोकतन्त्रमा हुने भएकाले गठबन्धन धेरै नटिक्ने बताएका हुन् । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा गठबन्धन टिक्न नसक्ने बताएका हुन् । यो गठबन्धनलाई पानीमुनिबाट भएपनि ठेगान लगाइन्छ, लगाइन्छ । उनले भने, बच्ला पानीमुनि गएपनि कहाँ यो स्वार्थी गठबन्धनहरु, यो कहाँ बच्छ र बच्न सक्दैन । बढीमा एक वर्ष हो यसको आयु । संसारभरिका ज्योतिषिलाई सोध्यो भन्यो पनि त्यै भन्छन् बढीमा १ वर्ष हो यो सरकारको आयु ।
मुलुकमा शान्तिसुरक्षा र विकासका लागि एमाले सरकार चाहिने ओलीको भनाइ थियो । उनले चुनावमा जालझेल गर्न नहुने बताए । राज्यका संयन्त्र निष्पक्ष हुनुपर्ने उनको आग्रह थियो । अबको एक वर्षमा चुनाव आउनै पर्ने उनले बताए ।
सत्तारुढ गठबन्धनलाई भत्काइ छाड्ने – ओली
- प्रकाशित मिति : February 19, 2022
- सरु आचार्य
