तहल्का नेपाल, फागुन ७ – छोटो समयमा पटकपटक मुल्य वृद्धि गर्दै आएको नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेशन्स्ले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार उपत्यकामा पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मटितेल १ सय २८र१ सय २८ रुपैयाँ पर्नेछ । बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड हो । निगमले माघ १८ गते मूल्य समायोजन गर्दा पनि खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च थियो । यसअघि २०७० फागुन ३० गते प्रतिलिटर १ सय ४० रुपैयाँ थियो । त्यसपश्चात् मूल्य घटबढ हुँदै अहिले हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।
आकासियो ईन्धनको मूल्य, सेवाग्राही मर्कामा
मूल्य वृद्धि
- प्रकाशित मिति : February 19, 2022
- - बिश्व घिमिरे
