तिम्रै हातले जल्ने मन छ जलाइ दिए जाती हुन्थियो ।।
मट्टीतेल त् मैसित छ , सलाई दिए जाती हुन्थियो ।।
अरुको नै चुरा लायौ सिन्दुर लायौ ,पोते लायौ
मैले देको टिका पनि , नलाई दिए जाती हुन्थियो ।।
पिरतीको डँढेलो छ छाती भित्र दन्किएको
गुणनै गर्छौ भने आँधी ,चलाई दिए जाती हुन्थियो ।।
अरु केहि माग्ने छैन जाँदा संगै ले’र गको
त्यति मेरो मुटु फिर्ता , मलाई दिए जाती हुन्थियो ।।
-दिनेशराज पुरी