श्रीलङ्काली राष्ट्रपति गोटाबय राजपक्षद्वारा चीनलाई ऋण तिर्न सजिलो पारिदिन आग्रह

  • प्रकाशित मिति : January 11, 2022
  • तहल्का नेपाल

नेपाल ज्योति, पुस २७-

आर्थिक सङ्कटमा परेपछि श्रीलङ्काका राष्ट्रपतिले आफ्नो देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न सहयोग गर्न चीनलाई ऋण भुक्तानी पुनर्संरचना गरिदिन आग्रह गरेका छन्।

गोटाबय राजपक्षले चिनियाँ विदेशमन्त्री वाङ यीसँग आइतवार भएको भेटमा सो अनुरोध गरेका हुन्।

गएको एक दशकमा चीनले श्रीलङ्कालाई सडक, विमानस्थल र बन्दरगाह बनाउन पाँच अर्ब अमेरिकी डलरभन्दा बढी ऋण प्रवाह गरेको छ।

तर आलोचकहरूले सो पैसा फाइदा नहुने अनावश्यक योजनाहरूमा खर्च गरिएको बताउने गरेका छन्।

कोभिड १९ महामारीका कारण देखिएको आर्थिक सङ्कटको समाधानका लागि ऋण भुक्तानीलाई पुनर्संरचना गर्न ध्यान दिए देशका लागि ठूलो सहयोग हुने राष्ट्रपतिले औँल्याएको कुरा राजपक्षको कार्यालयले एक बिग्यप्ति मार्फत जनाएको छ।