नेपाल ज्योति, पुस २५ गते –
कोरोना संक्रमितको तिव्ररुपले संख्या बढेसँगै अस्पतालमा कोभिड बिरामीको चाप बढेको छ । पछिल्ला दिनमा कोभिड अस्पतालमा बिरामीको संख्या दोब्बर बढेको कोभिड केन्द्रीय अस्पतालका सीईओ डा. भुपेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भएसँगै अस्पतालमा बिरामीको चाप बढेको हो ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै डा. बस्नेतले कोभिड अस्पतालमा संक्रमितको संख्या दोब्बर भएको जानकारि दिए ।
चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पतालका साथै उपत्यकाका १३ र प्रदेशका सात अस्पतालमा बिरामीको संख्या बढेको हो । ‘सबै अस्पतालमा एक हप्ता अगाडिभन्दा दोब्बरको संख्यामा बिरामी भर्ना भएका छन्’, उनले भने ।