नेपाल ज्योति, पुस २४, २०७८-
भारतमा पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण ह्वात्तै बढेको छ । विदेशबाट आएका कुल यात्रुको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत सङ्क्रमित भएको पाइएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट एक लाख १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।
भारतमा पछिल्लो चोटि पुष्टि भएको कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको सङ्क्रमण बढेपछि, नेपालमा पनि तत्काल थप साबधानी अपनाउन आवश्यक भैसकेको छ। सरकार उदासिन देखिएको छ ।
नेपाल सरकारले कोरोना संक्रमण रोक्न कुनै प्रभावकारि कदम चाल्न सकेको अनुभति जनताले गर्न पाएका छैनन्।
संक्रमण बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै भारत सरकारले विदेशबाट आएका सबैलाई सात दिन होम क्वारेनटाइनमा बस्नुपर्ने नियम तदारुकताका साथ लागू गरि सकेको छ। जनवरी ११ अर्थात आउँदो मंगलवार देखि क्वारेनटाइनमा वस्नु पर्ने नियम लागु हुनेछ ।सङ्घीय स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा एक हप्ता होम क्वरेण्टीनमा बस्न आग्रह गरेको छ।
भारतमा कोरोना भाइरसको महामारी सुरु भएदेखि अहिलेसम्म तीन करोड ५२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन्