नेपाल ज्योति, पुस २३ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बसेको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
वर्तमान सरकार सञ्चालनका लागि गठित उक्त समन्वय समितिको बैठकमा राष्ट्रिय साभ निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विषयमा विशेष छलफल भएको छ ।
साथै संयन्त्रलाई प्रभावकारी बनाउने र अवरुद्ध संघीय संसद् बैठक सञ्चालनको विषयमा समेत छलफल भएको कुरा प्रधानमन्त्री श्रोतले जनाएको छ ।
समन्वय समितिको बैठकमा बैठकमा प्रधानमन्त्री देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित सत्ता गठबन्धनका प्रमुख नेताहरु सहभागी थिए ।